निरन्तर घाटामा सरकारी वित्त : ८ महिना बित्दासमेत आम्दानी र खर्च ४४ प्रतिशत मात्रै
ekantipur.com · Mon Mar 11 00:57:42 GMT 2024
काठमाडौँ — आर्थिक वर्षको आठ महिना सकिनै लाग्दा सरकारी वित्त एक खर्ब २१ अर्ब रुपैयाँले घाटामा देखिएको छ । यस अवधिमा सरकारको आय प्राप्तिभन्दा खर्च करिब सवा एक खर्बले धेरै रहेको छ । पुँजीगत खर्च निकै न्यून रहे पनि लक्ष्यअनुसार राजस्व संकलन नहुँदा सरकारी वित्त निरन्तर घाटामा गएको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत शुक्रबारसम्म सरकारको कुल आय प्राप्ति ६ खर्ब ५१ अर्ब रुपैयाँ मात्र रहेको छ । यो वार्षिक लक्ष्यको ४४.०५ प्रतिशत र यही फागुनसम्मको लक्ष्यभन्दा २ खर्ब १३ अर्ब रुपैयाँले कम हो । सरकारले फागुनभित्र ८ खर्ब ६४ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य तय गरेको थियो । आयातमा भएको कमीले भन्सार बिन्दुमा संकलन हुने महसुल, मूल्य अभिवृद्धि कर एवं अन्तःशुल्क संकलनमा असर परेको अर्थ मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)