डेब्यु खेलमा सेबास्टियनले चार गोल गर्दा आयाक्स विजयी
baahrakhari.com · Thu Sep 16 00:33:00 GMT 2021
काठमाडौं । सेबास्टियन हालरको चार गोलको सहयोगमा डच क्लब आयाक्सले च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा आयाक्सले पोर्चुगिज क्लब स्पोर्टिङमाथि ५–१ गोलको जित निकालेको हो । स्पोर्टिङको घरेलु मैदानमा भएको खेलमा आयाक्सलाई जित दिलाउन हालरले चार गोल गरे ।
सेबास्टियन हालरको च्याम्पियन्स लिगमा आयाक्सका लागि डेब्यु रहेको थियो । त्यस्तै स्टेभेनले एक गोल गरे । यता, स्पोर्टिङका लागि पाउलिन्होले एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)