हेटौँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते
nepalviews.com · Sat Jul 04 09:04:29 GMT 2026

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका वाड नं १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्याललय मकवानपुरका अनुसार दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए । गम्भिर घाइते नौ जनालाई थप उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको छ । बसमा ३०–३५ जना यात्रुहरू सवार रहेको र अन्य यात्रुहरू सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)