मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीमा डुबेको धान खेतमै उम्रिन थाल्यो, किसानलाई परिवार पाल्ने चिन्ता

nayapatrikadaily.com · Sun Oct 24 00:23:00 GMT 2021

कैलारी गाउँपालिका–२, बसौटीका फूलपाती चौधरीले दुई बिघामा लगाएको धानबाली भित्र्याउन सकेका छैनन् । अविरल वर्षाले डुबान भएको खेतमा पानी अझै सुकेको छैन । काटेर सुकाउन राखेको धान डुबानमा पर्दा खेतमै उम्रिन थालेको छ ।

पानी सुक्यो भनेर हेर्न उनी बारम्बार खेतमा पुग्छन् । उम्रिन लागेको धान हेर्छन्, पानी नसुक्दा संकलन गर्न नपाएपछि अमिलो मन बनाएर फर्कन्छन् । ‘अलिअलि पानी सुकेको ठाउँको धान संकलन गरेँ । खेतमा अझै धेरै ठाउँमा पानी छ,’ चौधरीले भने, ‘चार÷पाँच दिनसम्म डुबान हुँदा धान उम्रिएर काम नलाग्ने भएको छ ।’ अधिकांश धान उम्रिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)