कालीकोटको सबै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा
ratopati.com · Fri Jun 12 23:21:25 GMT 2026

कालीकोट । कालीकोट जिल्लाका ९ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि पाँच बर्समुनिका बालबालिकाले ९, गर्भवतीका लागि १ र किशोरीका लागि १ गरी ११ खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका ९ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
खाँडाचक्र , रास्कोट, तिलागुफा नगरपालिका सहित महाबै, पचालझरना, सान्नीत्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यस अघि नै पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो । शुक्रबार पलाँता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि सबै स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)