कृषि पत्रकार यादव सम्मानित
ratopati.com · Thu Jun 01 23:24:00 GMT 2023
काठमाडौँ । विश्व दूध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डले गोरखापत्रका कृषि पत्रकार सुरेशकुमार यादवलाई सम्मान गरेको छ । बोर्डले विहिवार एक कार्यक्रमको आयोजना गरी सो सम्मान प्रदान गरेको हो । गोरखापत्रका सह सम्पादक यादव लामो समयदेखि कृषि क्षेत्रमा कलम चलाउँदै आएका छन् ।
उनी कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालको हातबाट सम्मानित भएका हुन् । ‘दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरी २३ औं विश्व दूध दिवस मनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)