‘प्रदेश र स्थानीयलाई ६० प्रतिशत बजेट हुनुपर्छ’
ekagaj.com · Sun May 30 17:23:27 GMT 2021
जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथ योजना मन्त्री विजय यादवले कामचलाऊ सरकारले ल्याएको बजेट संविधान विपरित र अवैधानिक भएको दाबी गरेका छन् । संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको बजेटबारे टिप्पणी गर्दै मन्त्री यादवले भने, ‘कामचलाऊ सरकारले पूर्ण बजेट ल्याउनु संसदीय प्रणाली विपरित छ ।’ अध्यादेशमार्फत् चुनावी तयारी स्वरुप ल्याइएको बजेट कार्यान्वयन पक्ष कमजोर हुने भन्दै अनिवार्य दायित्वबाहेक अन्य कार्यक्रम मान्य नहुने बताए ।
उनले संघीयता कार्यान्वयन गर्न प्रदेश-स्थानीय तहलाई कम्तीमा ६० प्रतिशत विनियोजन हुनुपर्ने माग गरे । बजेटबारे १९ बुँदे लिखित आपत्ति तयार गरेका यादवले भने, ‘चालु आर्थिक वर्षभन्दा भन्दा कम प्रदेश र स्थानीय तहलाई वितरण गरिनु आपत्तिजनक छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)