सरकारविरुद्ध प्रदर्शन गर्ने बिगेसोको घोषणा
ekantipur.com · Wed Jan 31 16:54:07 GMT 2024
काठमाडौँ — ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सन् १९४७ को गोर्खा भर्ती असमान सन्धि र विभेदविरुद्ध सर्वोच्चको आदेश नेपाल सरकारले कार्यान्वयन नगरेकाले जनप्रदर्शन गर्ने घोषणा गरेको छ । बिगेसोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो पाँच बुँदे धारणा सार्वजनिक गर्दै आन्दोलन घोषणा गरेको हो ।
बिगेसोले २०७४ सालमा सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी असमान र विभेदकारी त्रिपक्षीय सन्धि खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएको थियो । सर्वोच्चले उक्त रिटलाई लिएर २०७९ माघ २४ मा राष्ट्रियताका आधारमा विभेदमा परेका विश्वभरि रहेका गोर्खाका समस्या समाधान गर्न बिनासन्धि सम्झौता र पहिचानविहीन अवस्थामा रहेका सिंगापुर गोर्खा र ब्रुनाई गोर्खा बेलायतले जिम्मा लिन भनेको छ । यसैगरी नेपाल र संयुक्त अधिराज्यबीच रहेको ऐतिहासिक एवं विशिष्ट सम्बन्धमा प्रतिकूल असर नपर्ने बरु अझ मजबुत हुने किसिमबाट दुई राष्ट्रको हितमा गोर्खा सेनाको सेवा सुविधालाई समुचित समयानुकूल र समानतामा आधारित अरु सम्मानजनक बनाउन आवश्यक र उचित कदम लिन भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)