मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घडेरी मिचेर प्लटिङ

annapurnapost.com · Fri Jul 16 06:51:00 GMT 2021

पोखरा : घडेरी किन्दाको बैंकको ऋण निखनिसकेपछि मान्छेको सपना के हुन्छ ? घर बनाउने । स्याङ्जा अर्जुनचौपारीकी गोमा अर्यालको सपना पनि त्योभन्दा बेसी थिएन । उनले सकिनसकी बैंकको किस्ता बुझाएकी थिइन् ।

सामान्य सरकारी जागिरको बचत, श्रीमान्ले विदेशबाट पठाएको पैसा जम्मा गर्दै बैंकलाई किस्ता बुझाउँथिन् । त्यसो गरी–गरी १२ वर्षमा ऋण निखनेर सकियो । १२ वर्षमा खोलो त फर्किन्छ भन्छन् । यही सोचेर ऋणको भारीबाट मुक्त भएकी उनी सुखका दिन फर्किएको अनुभूति गर्दै थिइन् । तर, त्यो सुखद अनुभूति धेरै टिक्न पाएन । जब उनी जग्गा बैंकबाट फुकुवा गर्न भनी मालपोत पुगिन्, झल्याँसै भइन् । जग्गा त उनको नामबाट सार्वजनिक भइसकेको रहेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)