मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिनियाँ उपमन्त्री ली काठमाडौंमा

ekantipur.com · Sat Nov 12 00:54:35 GMT 2022

काठमाडौँ — निर्वाचनको पूर्वसन्ध्यामा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन काठमाडौं आएका छन् । अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनबाट राष्ट्रपति सी चिनफिङ थप ५ वर्षका लागि दोहोरिएपछि बेइजिङबाट भएको यो पहिलो औपचारिक भ्रमण हो ।

शुक्रबार बेलुकी आइपुगेका चीनका राष्ट्रिय सांस्कृति सम्पदा प्रशासनका निर्देशकसमेत रहेका उपमन्त्री ली ५ दिन रहनेछन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार उपमन्त्री ली भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्न आएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)