सरकारले रंगभेदी विभेद गर्योः सिके राउत
deshsanchar.com · Mon Jan 01 10:52:14 GMT 2024
काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीलाई रंगभेद गरेको आरोप लगाएका छन्। माईतीघर मण्डलामा सोमवार प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीसँग उनले आफूहरूले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरूलाई धरपकड गरेको बताए।
उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्नसमेत गरे। उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रस्तावका रुपमा लैजाने बताए।
उनले मधेसीमूलकी मन्त्री भएकै कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए।
उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ ? भन्दै प्रश्न गरे। मधेसी मूलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौती दिए। सरकारले केही नगर्दा पनि आफ्नै मन्त्री पक्राउ गर्न मिल्छ ? भन्दै प्रश्न गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)