मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी

barnanmedia.com · Sat May 24 21:56:46 GMT 2025

चितवनको खैरहनी नगरपालिका–१२ स्थित चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर अर्यालले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभयो ।

सुरुवाती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा विस्तार गर्नुभयो । पछि राम्रो हुँदै गएपछि उहाँले विसं २०७३ मा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाल्नुभयो । अहिले, चार बिघा जमिनको जलासयमा माछा छन् । उहाँले वार्षिक रु डेढ करोडको माछा बिक्री गर्नुहुन्छ । खर्च कटाएर रु ७० लाख बढी नाफा हुने गरेको अर्यालले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)