मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गाउँमै मोतियाबिन्दुको उपचार

barnanmedia.com · Sat May 24 22:01:25 GMT 2025

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसँग आँखा देख्न छाड्नुभएको थियो । खर्चको व्यवस्थापन र ठूलो सहरमा पुगेर आँखाको शल्यक्रिया गर्ने चाँजोपाँजो मिलाउन नसकिरहेको समयमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा नेपालीले घरआँगनमै सहज रूपमा उपचार गर्ने अवसर पाउनुभयो ।

“आँखाले मधुरो देख्ने भएको थिएँ, सहरमा पुगेर उपचार गराउन पाएको थिइनँ, बुढेसकालमा फेरि आँखा खुल्छन् जस्तो लागेकै थिएन, गाउँमै आएको शिविरमा उपचार गरेपछि अहिले राम्रोसँग देख्न सक्ने भएको छु”, नेपालीले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)