नवलपुरको ज्यामिरेमा बस दुर्घटना : १३ जना घाइते
barnanmedia.com · Wed May 20 03:56:06 GMT 2026

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेको ओरालोमा बस अनियन्त्रित भई दुई वटा सवारी साधनसँग ठोक्किँदा १३ जना घाइते भएका छन् ।
बुधबार बिहान नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १९१० नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको प्र।१–०१–००१ ख ३७५९ नम्बरको अर्को बस र विपरीत दिशाबाट आइरहेको बा.प्र.०३–००१ ख १०४९ नम्बरको ट्रकसँग ठोक्किएर सडकमा पल्टिएको नवलपुर प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)