लुकाकु फेरि चेल्सीमा
ekantipur.com · Fri Aug 13 00:59:25 GMT 2021
लन्डन — बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकु बिहीबार फेरि इंग्लिस प्रिमियर लिग क्लब चेल्सी फर्केका छन् । उनलाई चेल्सीले इन्टर मिलानबाट ल्याउन १३ करोड ५० लाख डलर तिरेको छ ।
लुकाकु सात वर्षअगाडि चेल्सीमै थिए । उनकै मद्दतमा इन्टरले ११ वर्षको पछि इटलीको सिरी ए उपाधि जितेको थियो । तर आर्थिक अभावका कारण इन्टर उनलाई बेच्न बाध्य भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)