कांग्रेस मन्त्रीहरुको ज्यादतीको भारी कति बोकिरहने प्रधानमन्त्रीज्यू?
barnanmedia.com · Sat May 24 22:57:12 GMT 2025

यतिखेर गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसाको सेटिङमा मुछिएका छन् । उनले आफ्ना सबैभन्दा प्रिय सहसचिव र आफ्नै सचिवालयका केही कर्मचारीमार्फत मानव तस्करको यस गिरोहलाई संरक्षण र परिचालन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो अनुसन्धानले सतहमा ल्याइदिएको छ ।
अख्तियारले अनुसन्धान थालेपछि गृहमन्त्री लेखकले आफ्ना प्यारा सहसचिव तीर्थराज भट्टराईलाई हतारहतार मन्त्रालय तानेको पाइएको छ । ती सहसचिव भट्टराईलाई लेखकले नै विमानस्थल अध्यागमनको आकर्षक ठाउँमा पठाएका थिए । जबकि भट्टराई कस्ता कर्मचारी हुन् भन्ने कतै लुखेकेको विषय थिएन । अख्तियारले यसअघि भूकम्पकै बेला त्रिपाल घोटालामा उनलाई मुद्दा चलाइसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)