कचनकवलको पथरिया माविमा कर्मचारी नियुक्ति विवाद: अध्यक्ष र गाउँपालिका अध्यक्षद्वारा आ-आफ्ना मान्छे नियुक्त गर्ने प्रयास
deshsanchar.com · Sat May 24 23:08:21 GMT 2025

झापा– झापाको कचनकवल गाउँपालिका–३ मागुरमारीस्थित पथरिया माध्यमिक विद्यालयमा शिक्षक र कर्मचारी नियुक्तिका लागि तय भएको परीक्षा स्थगित भएपछि विवाद चुलिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादव र कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीबीच आफ्ना नातेदारलाई जागिर लगाउन खोजेपछि उक्त विवाद सतहमा आएको हो।
गत चैत १२ गते विद्यालयले एक जना माध्यमिक तह तृतीय श्रेणी (अङ्ग्रेजी शिक्षक) र एक जना विद्यालय लेखा कर्मचारी पदका लागि सूचना प्रकाशित गरेको थियो। तर, विद्यालयको फेसबुक पेजमा शिक्षक पदको मात्र विज्ञापन राखिएको र विद्यालय कर्मचारी पदको सूचना लुकाइएपछि त्यही दिनदेखि चलखेल सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)