दाङमा बढ्दै किशोरी सुत्केरी
gorkhapatraonline.com · Fri Jun 05 03:07:45 GMT 2026

बालविवाह रोक्न सरकारको एउटा नारा छ, ‘बिहेबारी, २० वर्ष पारि’ तर, दाङमा भने २० वर्ष वारि कलिला किशोरी आमा बन्नेको सङ्ख्या उल्लेखीय रूपमा बढेको पाइएको छ । स्वास्थ्य कार्यालय दाङ र वेसको पोषणमार्फत जीवन रूपान्तरण कार्यक्रमको पछिल्लो तथ्याङ्कले २० वर्षभन्दा कम उमेरमै गर्भवती हुने र कलिला सुत्केरी बन्ने किशोरीको सङ्ख्या बढ्दै गएको देखाएको छ ।
बालविवाह न्यूनीकरण तथा सचेतीकरण गर्दै आएको वेस संस्था अन्तर्गत बालबालिकाका लागि न्यायमा पहुँच कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक नरबहादुर चौधरीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठ १९ गतेसम्म दाङमा २० वर्षमुनिका एक हजार ६९ जना किशोरी सुत्केरी भएका छन् । सोही अवधिमा २० वर्ष नपुग्दै गर्भवती हुनेको सङ्ख्या एक हजार ८४५ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)