मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तान: भेट्न नमान्दा टिकटकरको हत्या गरेका युवकलाई मृत्यदण्डको फैसला

barnanmedia.com · Wed May 20 04:00:41 GMT 2026

पाकिस्तानको राजधानी इस्लामाबादको एक अदालतले सोसल मिडिया इन्फ्लुएन्सर (टिकटकर) सना युसुफको हत्या मुद्दाका अभियुक्त उमर हयातलाई मृत्युदण्डको सजाय सुनाएको छ।

मंगलबार इस्लामाबादको जिल्ला तथा सत्र अदालतले हत्या मुद्दामा मृत्युदण्डसहित उमर हयातले सनाको परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति पनि दिनुपर्ने फैसला सुनाएको छ।

साथै उमर हयातलाई साना युसुफको घरमा चोरीसहित अन्य अपराधमा कुल २१ वर्षको जेल सजाय पनि सुनाइएको छ।

गत वर्ष २०८२ जेठ १९ गते साँझ १७ वर्षीया सनालाई घरभित्रै गोली हानेर मारिएको थियो।

घटनापछि पत्रकार सम्मेलन गरी इस्लामाबादका महानिरीक्षक सैयद अली नासिर रिजवीले बताएअनुसार हयातले सनाको घरमा प्रवेश गरेर उनलाई दुईपटक गोली हानेका थिए। हयातले बारम्बार सम्पर्क गर्ने प्रयास गर्दा पनि भेट्न नमानेपछि सनाको घरमै गएर उनको हत्या गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)