क्यानडा-बोस्निया एन्ड हर्जगोभिना बीचको खेल १–१ गोलको बराबरीमा टुंगियो
rajdhanidaily.com · Fri Jun 12 23:33:46 GMT 2026
काठमाडौं । सहआयोजक क्यानडाले विश्वकप २०२६ मा बोस्निया हर्जगोभिनिविरुद्धको खेल १–१ को बराबरीमा टुंग्याएको छ । ७८ औं मिनेटमा कायल लरिनले गरेको गोलमा क्यानडाले बोस्निया हर्जगोभिनाविरुद्धको खेल १–१ को बराबरीमा टुंगिएको हो ।
घरेलु मैदानमा क्यानडाको यो पहिलो गोल हो । क्यानडाले विश्वकपमा अंक बटुलेको पनि यो पहिलो अवसर हो । क्यानडाको विश्वकपमा यो तेस्रो सहभागिता हो । टोलीले यसअघि १९८६ मा मेक्सिकोमा र २०२२ मा कतारमा विश्वकप खेलेको थियो, तर ती दुई खेलमा उसले कुनै अंक बटुल्न सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)