बीमा प्रतिबिम्ब प्रकाशन
barnanmedia.com · Sat May 24 23:35:34 GMT 2025

काठमाडौँ, ११ जेठ : नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्याङ्कको विश्लेषणसहितको मासिक तथ्याङ्क संस्करण ‘बीमा प्रतिबिम्ब’ को प्रकाशन सुरू गरेको छ ।
बीमा कम्पनीको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फछ्र्यौट, बीमालेख संख्या, बीमाशुल्क सङ्कलन लगायतबीमा क्षेत्रका प्रमुख सूचकको अध्ययन गरी विश्लेषणात्मक तथ्याङ्क संस्करण मासिकरूपमा प्रकाशन गर्न सुरू गरिएको हो । प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता तथा नीतिनिर्माणका लागि आधार तयार हुने अपेक्षाका साथ मासिकरूपमा बीमा क्षेत्रको विश्लेषणात्मक तथ्याङ्क संस्करण प्रकाशन गर्न सुरू गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)