अठारौँ गणतन्त्र दिवसमा राससमा तस्बिर प्रदर्शनी
barnanmedia.com · Sat May 24 23:48:00 GMT 2025

काठमाडौँ, ११ जेठ : जलवायु परिवर्तनबाट मानव सभ्यतामा देखापरेको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि तस्बिर प्रदर्शनी आयोजना गर्दैछ । ‘पर्वतीय पर्यटनः हाम्रो पहिचान’ विषयमा केन्द्रित रहेर तस्बिर प्रदर्शनी सुरु गर्न लागिएको हो ।
गणतन्त्र दिवस–२०८२ को विशेष अवसर पारेर प्रदर्शनीको आयोजना गरिएको हो । भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा हुने प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलाका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका कुल १०० तस्बिर समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)