मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

नारायणढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते बन्द नहुने

onlinekhabar.com · Fri Jan 13 01:13:41 GMT 2023

२९ पुस, चितवन पुल । दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने भएको छ । माघे संक्रान्ति पर्वका अवसरमा देवघाटमा स्नान तथा मेला भर्न आउने भक्तजनहरुलाई लक्षित गरेर दुई दिन सडक बन्द नहुने भएको हो ।

पहरो काटेर नयाँ पुल निर्माण गर्नुपर्ने भएकाले यही पुस ५ गतेदेखि एक महिनाका लागि दैनिक ४ घण्टा नारायणगढ–मुग्लिन सडकखण्ड बन्द गरेर काम भैरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)