किन बढ्दै छ डलरको मूल्य ?
abhiyandaily.com
अर्थतन्त्रमा यसको बहुपक्षीय प्रभाव
विश्वव्यापी वाणिज्य एवं व्यापारमा अमेरिकी डलरको लामो समयदेखि वर्चस्व कायम छ । विश्वभरका १ सय २० भन्दा बढी देशका केन्द्रीय बैंकले वैदेशिक विनिमयको सञ्चितिका लागि अमेरिकी डलर उपयोग गर्ने गरेका छन् । वैदेशिक मुद्राको सञ्चितिमा विश्वभर डलरको उपयोग करीब ६४ प्रतिशत रहेको छ भने संयुक्त राज्य अमेरिकाभन्दा बाहिर नै करीब ६०० बिलियन डलरको नोट उपयोगमा रहने गरेको छ जुन अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्व बैंकले निष्कासन गर्ने कुल नोटको ६५ प्रतिशत हो । नोट प्रचलनका अतिरिक्त विश्वभरका अधिकांश देशले मुद्राको विनिमय दर डलरको आधार निर्धारण गर्ने गरेका छन् । । पछिल्लो समय अमेरिकी डलरले नयाँ मूल्यमा रेकर्ड बनाउँदै जाँदा विश्वभरको ध्यान तानिएको छ भने विश्वभरको व्यापार एवं कारोबारमा विभिन्न प्रकारका प्रभाव पर्ने निश्चित छ । विश्वको ठूलो अर्थतन्त्र, मुद्राको बलियो उपस्थिति, प्राकृतिक ऊर्जा तथा तेलको अधिक भण्डारण र विश्वभर बलियो राजनीतिक प्रभावका कारण अमेरिकाको नीतिगत निर्णयको असर विश्वभर देखिनु अस्वाभाविक होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)