लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
barnanmedia.com · Sat May 24 23:58:44 GMT 2025

लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकामा सभामुख तुलाराम घर्तिमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । ध्वनिमतका आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख घर्तिमगरले घोषणा गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)