मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

lokaantar.com · Fri Feb 10 00:09:00 GMT 2023

सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज शुक्रवार विहान ९ बजे बस्दैछ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीति संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो । संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो । सो भेटवार्तापछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले शुक्रबार विहानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक तय भएको बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)