काम छिटो हुँदा सेवाग्राही खुसी
gorkhapatraonline.com · Fri Jun 12 23:39:57 GMT 2026

काठमाडौँ उपत्यकामा रहेका यातायात व्यवस्था कार्यालयहरूको सेवा प्रवाह चुस्त हुँदा सेवाग्राहीमा खुसी छाएको छ । तीन वर्षअघि परीक्षा पास गर्नुभएका भक्तपुरका सुविन महर्जनले शुक्रबार यातायात व्यवस्था कार्यालय राधेराधेबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएपछि कार्यालयका कर्मचारीलाई धन्यवाद दिँदै भन्नुभयो, “अहिले त सुधार भएर पाँच मिनेटमै काम बन्यो । ढिलासुस्ती हटेछ । खुसी लाग्यो ।”
तीन/चार वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुसी भएका छन् । अर्की सेवाग्राही सिर्जना थापाले भन्नुभयो, “मैले लाइसेन्स नपाएको तीन वर्ष हुन लाग्यो । अहिले धमाधम लाइसेन्स दिइएको छ । आखिर गरे हुँदो रहेछ त । मैले पनि लिएँ । विगतमा किन गरेनन् ? अहिले त राम्रो काम भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)