मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेट्रोलियमको खपत १७ प्रतिशतले घट्यो

nayapatrikadaily.com · Tue Jan 10 00:32:00 GMT 2023

नेपालमा बर्सेनि बढिरहेको पेट्रोलियम पदार्थको माग घट्न थालेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आव ०७९/८० को १५ पुससम्म १७.७० प्रतिशतले पेट्रोलियम पदार्थको खपत घटेको हो ।

नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्ष ०७९/८० को १५ पुससम्म ११ लाख ६७ हजार नौ सय १२ किलोलिटर इन्धन आयात भएको छ । तर, अघिल्लो आवको सोही अवधिमा १४ लाख १८ हजार ९६ किलोलिटर इन्धन आयात भएको थियो । निगमका नायब प्रबन्ध निर्देशक नागेन्द्र शाहले अघिल्ला वर्षहरूमा वार्षिक १५ प्रतिशतको औसतदरले पेट्रोलियमको खपत बढ्ने गरेको थियो । यसपटक निर्वाचनका वेलासमेत इन्धन खपतमा खासै सुधार नआएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)