पाल्पाको तालपोखरामा बढे आन्तरिक पर्यटक
abhiyandaily.com
पाल्पा । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरामा आन्तरिक पर्यटक बढ्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्वीर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन् । आन्तरिक पर्यटक बढ्दै जाँदा तालपोखरामा डुंगाबाट हुने आम्दानी पनि बढ्न थालेको छ । हाल दैनिक दुई सयदेखि तीन सयसम्म आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
फेवातालको झल्को दिने तालपोखरामा आफू परिवारसहित घुम्न आउने गरेको सौरभसिंह ठकुरीले बताए । ‘ताल वरपर घुम्दा निकै रमाइलो लाग्छ, यो मलाई फेवाताल जस्तै लाग्छ, प्रचारप्रसार गर्न सकियो भने यसलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिन्छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)