नवलपुरको ज्यामिरेमा बस दुर्घटना हुँदा १३ जना घाइते
nepalnews.com · Wed May 20 04:15:28 GMT 2026

काठमाडौँ। नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका २ ज्यामिरेस्थित बस र ट्रक एकापसमा ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन्।
बुधबार बिहान नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १९१० नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको प्र. १–०१–००१ ख ३७५९ नम्बरको अर्को बस र विपरीत दिशाबाट आइरहेको बा.प्र.०३–००१ ख १०४९ नम्बरको ट्रकसँग ठोक्किएर सडकमा पल्टिएको नवलपुर प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)