असफलताको डिलमा प्राविधिक शिक्षा
nepalnews.com · Wed May 20 04:15:33 GMT 2026

भोजपुरको आमचोक गाउँपालिका-६ बयाङस्थित शिक्षा क्षमाकन्या माविले शैक्षिक सत्र २०७६ देखि प्राविधिक धारको बालीविज्ञान (कृषि) विषयको पठनपाठन सुरु गर्यो। प्राविधिक धारतर्फ हरेक कक्षामा ४८ जनाको कोटा रहेकामा पहिलो वर्ष (कक्षा ९ मा) ३० जनाले यो विषय रोजे। प्राविधिक ज्ञान र सीप विकास हुने तथा पढाइ पूरा भएपछि बेरोजगार बस्नुनपर्ने विश्वासले विद्यार्थी र अभिभावकमा बालीविज्ञानप्रति आकर्षण थियो। तर, त्यसपछिका वर्षमा भने विद्यार्थी संख्या घट्दो छ। यो विषय पढ्न नाम टिपाएका सबैले पढाइलाई निरन्तरता नदिने समस्या पनि देखिएको छ।
चालु शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा बालीविज्ञान पढ्न ४ जेठसम्म १४ जनाले मात्रै नाम टिपाएका छन्। उनीहरू सबैले पढाइलाई निरन्तरता दिन्छन् कि दिँदैनन् भन्ने अन्योल छ। प्रधानाध्यापक राजकुमार राई भन्छन्, “हामीले सुरुमा ओरियन्टेसन कक्षा चलाएका थियौँ। विद्यार्थी कक्षामा आउन थालेका छन्, पढ्न सक्ने हो कि नसक्ने हो भनेर विचार गरिरहेका छन्।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)