अर्थमन्त्रीको प्राथमिकता राजस्व कि स्वास्थ्य ?
ekantipur.com · Thu Feb 01 00:59:39 GMT 2024
हिजो आज अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रको ढुकुटीमा ३५ अर्ब रुपैयाँ कमी भएको र त्यो कमी सरकारले विद्युतीय गाडीमा राजस्व छुट दिँदा हुन पुगेको भन्ने गरेका छन् । अर्थमन्त्रीको यस्तो भनाइ सुन्दा अचम्म लाग्यो । के उहाँका लागि आम जनताको स्वास्थ्यभन्दा राजस्व संकलन नै महत्त्वपूर्ण हो ?
जनताको स्वास्थ्यलाई पैसासँग तुलना गर्न मिल्छ ? विद्युतीय गाडीको आयात र खपत बढ्नु खुसीको विषय हो । यसको खपत बढे मात्र सहरको प्रदूषण घट्छ, आम मानिसले सफा हावामा श्वास फेर्न पाउँछन्, आफ्नै देशको विद्युत् खपत हुन्छ, आयातित पेट्रोलको खपत घटी विदेश जाने मुद्रा बचत हुन्छ । विद्युतीय गाडी खपत हुँदा अर्थमन्त्री महत खुसी हुनुपर्ने होइन ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)