मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ब्याजदर घट्दा पुँजी पलायनको खतरा

ekantipur.com · Fri Mar 15 00:37:31 GMT 2024

नेपाली बैंकहरूमा तरलता १० प्रतिशत राखे पुग्नेमा यतिखेर २० प्रतिशतभन्दा बढी छ । सीडी रेसियो ७९ प्रतिशतमा आइपुगेको छ । बैंकहरूमा निक्षेप थुप्रेको थुप्रै छ । बैंकहरू ६ खर्ब रुपैयाँभन्दा बढी रकम कर्जा दिन सक्ने अवस्थामा छन् । तर कर्जा लिने कोही छैन । बचत बढ्ने तर कर्जा नबढ्ने नयाँ आर्थिक रोगले नेपालका सबै बैंक थलिने अवस्थामा पुगेका छन् ।

यस समस्याबाट मुक्तिका लागि सरकार र राष्ट्र बैंकले खासै अग्रसरता लिएका छैनन् । बैंकहरूले बाध्य भई ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमै पैसा राखिरहेका छन् । निक्षेप निरुत्साहित गर्न बैंकहरूले बचतको ब्याजदर निकै न्यून पुर्‍याएका छन् । कर्जा लगानी बढ्न नसक्दा बैंकहरूसँग निक्षेपको ब्याज घटाउनुको उपाय पनि छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)