जीवित देवी कुमारीलाई गराइयो तलेजु भवानीको दर्शन
baahrakhari.com · Thu Mar 26 18:10:59 GMT 2026

काठमाडौं । जीवित देवी कुमारीलाई बिहीबार साँझ तलेजु भवानीको दर्शन गराइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन कुमारीलाई भवानीको दर्शनका लागि वसन्तपुर कुमारी घरबाट मन्दिरमा लैजाने परम्परा छ ।
राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पसहित विधि, विधानअनुसार दर्शन तथा पूजाआजाको प्रबन्ध गरिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए । तान्त्रिक विधिले पूजा गरिने तलेजु मन्दिरमा कुमारीको दर्शनबाट राष्ट्र कल्याणको विश्वास गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)