प्रधानमन्त्रीको शपथअघि बालेनको सांगीतिक धमाका: ‘जय महाकाली’ले युट्युबमा नयाँ रेकर्ड राख्दै
ratopati.com · Thu Mar 26 18:32:32 GMT 2026

काठमाडौँ । प्रधानमन्त्रीको शपथ लिनुअघि सार्वजनिक गरिएको बालेन्द्र शाह (बालेन) को र्याप गीत ‘जय महाकाली’ ले युट्युबमा भ्यूजको सुनामी ल्याएको छ । बिहीबार साँझ सार्वजनिक भएको यो गीतले मात्र ४ घण्टाको छोटो अवधिमा समाचार तयार पार्दासम्म १४ लाख ९० हजारभन्दा बढी भ्यूज पाएर नयाँ रेकर्ड बनाउने निश्चित देखिएको छ ।
यसअघि नेपाली युट्युब इतिहासमा दुर्गेश थापा र सिसन बानियाँको गीत ‘जाने भए जाम माया’ ले २० घण्टामा १६ लाख भ्यूज पाएर रेकर्ड राखेको थियो । तर, बालेनको गीतले मात्र ४ घण्टामै १४ लाखको आँकडा पार गरेपछि २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको पुरानो रेकर्ड केही घण्टामै तोडिने देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)