मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दर्शकसहित युएईमा आइपिएल हुँदै

nayapatrikadaily.com · Sat Sep 18 00:53:00 GMT 2021

इन्डियन प्रिमियर लिग (आइपिएल)को रोकिएका खेलहरू १९ सेप्टेम्बरदेखि युएईमा हुँदै छन् । यसअघि भारतमा दोस्रो लहरको कोरोना भाइरस महामारीका रूपमा फैलिनुअघिसम्म भारतमै आइपिएल सञ्चालन भएको थियो । कोरोनाको दोस्रो चरण डरलाग्दो रूपमा भारतमा फैलिएपछि आइपिएल स्थगित भयो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बाँकी खेल युएईमा गराउने निर्णय गर्‍यो । बोर्डका अध्यक्ष तथा पूर्वकप्तान सौरभ गांगुलीले युएईमा आइपिएलका बाँकी खेल हुने र यसको तयारी भइरहेको बताएका छन् ।

आयोजक बिसिसिआईले युएईमा दर्शकसहित हुने जनाएको छ । १९ सेप्टेम्बरमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको खेलमा दर्शकको उपस्थिति रहने पक्का भएको छ । बिसिसिआइले दोस्रो चरणको आइपिएलका लागि दर्शकको अनुमति दिएको छ । गत वर्षको संस्करण पनि युएईमै भएको थियो । त्यसवेला दर्शकलाई रंगशालाभित्र प्रवेश अनुमति थिएन । दर्शकले अनलाइनको माध्यमबाट १६ सेप्टेम्बरमै आफ्नो टिकट बुक गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)