मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अभिव्यक्ति निगरानी गर्न आयोगले खोल्यो ‘प्रेस अफिस’

ekantipur.com · Sat Oct 01 01:18:11 GMT 2022

काठमाडौँ — निर्वाचन आयोगले सेना र प्रहरीको साइबर ब्युरोका प्रतिनिधिसमेत राखेर सर्वसाधारणको सामाजिक सञ्जाल र मिडिया अनुगमन गर्न ‘प्रेस अफिस’ सञ्चालनमा ल्याएको छ ।

अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने संरचना बनाउन लागेको भन्दै पत्रकार महासंघलगायत संस्थाले प्रश्न उठाइरहेका बेला आयोगले शुक्रबारबाट यस्तो संरचना औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । यसअघिका निर्वाचनमा सञ्चारमाध्यममा आउने सामग्रीको अनुगमन प्रेस काउन्सिलले गर्दै आएकामा यस पटक आयोगले आफंै प्रेस अफिस खोलेको हो । मिडियामा आउने सामग्री र सर्वसाधारणको सामाजिक सञ्जाल अनुगमन गर्न आयोगको कोठा नम्बर २१२ र २१३ मा कार्यालय सञ्चालन गरिएको हो । कार्यालयमा सेना र प्रहरीको साइबर ब्युरोको प्रतिनिधि, विज्ञापन बोर्ड, प्रेस काउन्सिल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि र आयोगले नियुक्त गरेका सञ्चारविज्ञलगायत रहनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)