गर्मीबाट जनजीवन प्रभावित
gorkhapatraonline.com · Wed May 20 04:28:12 GMT 2026

गत एक सातादेखि अत्यधिक तातो हावा ‘लु’ चलेर एक्कासि बढेको गर्मीका कारण बाँकेसहित पश्चिम नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । नेपालगन्ज र आसपासका क्षेत्रमा केही दिनयता ‘लु’ चल्नुका साथै तापक्रम निरन्तर बढ्दै गएपछि सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।
बिहानैदेखि घाम चर्किएपछि दिनभरि शरीर पोल्ने तातो हावा चल्ने गरेका कारण दिउँसोको समयमा बजार तथा ग्रामीण क्षेत्र सुनसान जस्तै बन्न थालेका छन् भने सर्वसाधारणको हिँड्डुलसमेत घट्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)