चार वर्षमा पनि बनेन राजविराज–छिन्नमस्ता सडक
gorkhapatraonline.com · Wed May 20 04:28:18 GMT 2026

कल्याणपुर (सप्तरी), जेठ ६ गते । सप्तरीको राजविराज–छिन्नमस्ता सडक निर्माणको काम सुरु भएको चार वर्ष बित्न लाग्दा पनि अहिलेसम्म निर्माण सम्पन्न भएको छैन । नेपालका प्रमुख शक्तिपीठमध्ये छिन्नमस्ता भगवतीको मन्दिरसम्म पुग्ने सो सडक जीर्ण भएका कारण भक्तजनदेखि लिएर अन्य सर्वसाधारणले सास्ती भोगिरहेका छन् ।
सडक निर्माण नभएपछि वर्षायाममा हिलो र सुक्खायाममा धुलोका कारण स्थानीय हैरान भएका छन् । छिन्नमस्ता गाउँपालिकास्थित भगवती मन्दिर पुग्ने एक मात्र सडक जीर्ण बन्दा चालक तथा यात्रुले दैनिक रूपमा सास्ती खेप्नु परेको छ । जीर्ण सडकका कारण सवारीसाधनलाई पनि असहज भएको छ । राजविराजदेखि छिन्नमस्ता भगवती मन्दिरसम्म १० किलोमिटर लम्बाइ रहेको उक्त सडक निर्माणका लागि साह निर्माण सेवाले २०७९ असार २३ गते भ्याटसहित २५ करोड रुपियाँमा ठेक्का लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)