LG को नेपालमा ‘Essential Series’ घरेलु उपकरण सार्वजनिक, मूल्य ४९ हजार ६९० रुपैयाँबाट सुरु
nepalviews.com · Sat Jul 04 09:43:25 GMT 2026

पोखरा । LG Electronics ले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै नयाँ LG Essential Series घरेलु उपकरण सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो नेपालस्थित आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा पोखराको टेम्पल बेल होटलमा आयोजित कार्यक्रममा उक्त शृंखलाको औपचारिक अनावरण गरेको हो।
कम्पनीले ‘हरेक घरको खुशी, घर–घरमा LG’ अभियानअन्तर्गत सार्वजनिक गरेको नयाँ शृंखलामा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकता दिइएको जनाएको छ। नेपाली घरपरिवारको दैनिक आवश्यकता तथा स्थानीय वातावरणलाई ध्यानमा राखेर उत्पादनहरू विकास गरिएको कम्पनीको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)