मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हिमआँधीका कारण अमेरिकामा करोडौं मानिस समस्यामा

lokaantar.com · Sun Dec 25 00:39:19 GMT 2022

व्यापक चिसो मौसमका कारण अमेरिकामा करोडौं मानिस समस्यामा परेका छन् । अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू त्यहाँको सरकारले चालेको छ । अहिलेसम्म करिब १९ व्यक्तिको चिसोका कारण ज्यान गएको सञ्चार माध्यमले जनाएका छन् ।

मोन्टाना राज्यमा न्युनतम तापक्रम माइनस ४५ डिग्री सेल्सियस मापन गरिएको छ। अमेरिकामा लगभग १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ । संयौं उडानहरु पनि स्थगित भएका छन् । अर्को हप्तासम्म कायम राख्ने भविष्यवाणी गरिएको खराब मौसमले मानिसहरूको क्रिसमस योजना बिथोलिने आँकलन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)