मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

abhiyandaily.com

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । समितिले मंसिर ९ गते गरेको पुनर्बीमा सम्बन्धी ‘विवादास्पद’ निर्णयमा अर्थमन्त्री जनार्दन शर्मा समेतको संलग्नता रहेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत मंसिर २२ गते सी ०१८५११ नम्बरमा दर्ता भएको उजुरीमाथि छानबिन अघि बढाइएको आयोग स्रोतले बताएको छ । दर्ता भएको उजुरीमा समितिको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय कीर्ते भएको बताइएको छ । साथै, अध्यक्ष सिलवालले हिमालयन रिइन्स्योरेन्स नामक पुनर्बीमा कम्पनीलाई व्यवसाय पठाउन नेपालका २० ओटै निर्जीवन बीमा कम्पनीहरूलाई स्वदेशमै पुनर्बीमा गर्न निर्देशन दिएको उल्लेख छ । सोही विवादास्पद निर्णयमा अर्थमन्त्री शर्मा समेत तानिनेगरी अख्तियारमा उजुरी परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)