मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

barnanmedia.com · Fri Jun 12 23:52:47 GMT 2026

जिल्ला सहकारी सङ्घ चितवनले साझा बिद्युतीय सवारी साधन (इभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । पेट्रोलपम्प सञ्चालन गर्दै आएको सङ्घले चारवटा चार्जिङ उपकरणबाट आठ वटा गाडी चार्ज गर्ने गरी स्टेसन सञ्चालनमा ल्याएको हो ।

भरतपुर महानगरपालिका–१० मा रहेको आफ्नै परिषरमा चार्जिङ स्टेसन स्थापना गरिएको हो । सङ्घका व्यवस्थापक बिनोद खतिवडाका अनुसार रु एक करोड ५० लाखको लागतमा चार वटा सेन्टरमा आठ वटा गाडी एक पटकमा चार्ज गर्न सकिने गरि बिद्युतीय चार्जिङ उपकरण जडान गरिएको हो । १२० किलोवाटको क्षमता भएका उपकरण जडान गरिएका छन् । उहाँका अनुसार यी सेन्टरबाट छिटो चार्ज गर्न सकिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)