मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भविष्यको गठबन्धनले कांग्रेसमा तरङ्ग

ekantipur.com · Tue Feb 20 00:54:58 GMT 2024

ललितपुरको गोदावरीस्थित सिटी हलमा सोमबार सुरु भएको कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगन थापाको प्रस्तावले ठूलै हलचल मच्चाउने देखिन्छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्काका तर्फबाट नीति, महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिका विषयमा आधारित तीनवटा छुट्टाछुट्टै दस्ताबेज छन् ।

अन्य दस्ताबेजमा कुनै विमति नभए पनि महामन्त्री थापाले तयार पारेको दस्ताबेजमा समेटिएको आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भन्ने प्रस्तावले कांग्रेस तरंगित भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)