मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्ततः रोकियो घोराही सिमेन्टको आईपीओ

annapurnapost.com · Tue Jun 20 00:58:54 GMT 2023

काठमाडौं : विवादै विवादका माझ खुला भएको घोराही सिमेन्ट इन्डस्ट्री आईपीओ प्रक्रिया अन्ततः स्थगित भएको छ। आईपीओ बिक्री सोमबार नेपाल धितोपत्र बोर्डले स्थगन गरेको हो। आवेदन दिन तीन घन्टा बाँकी छँदै प्रक्रिया स्थगित भएको छ। बिना कुनै आधार आवेदन दिने समयावधि थप्न सूचना प्रकाशित गरेपछि बोर्डले प्रक्रिया नै रद्द गरेको हो।

अर्थात् अब घोराहीको आईपीओ बाँडफाँट हुने छैन। अध्ययनका क्रममा आईपीओ आवेदन प्रक्रियामा कम्पनीले अनुचित लाभ लिने प्रयास गरेको पाइएमा प्रक्रिया नै रद्द हुने र यदि दोषी नदेखिएमा प्रक्रियाले निरन्तरता पाउने गरी बोर्डले स्थगित गरेको हो। आवेदकको होल्ड भएको रकम भने अध्ययन नसकिउन्जेलसम्म होल्ड नै हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)