पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता
hamrakura.com · Wed Jan 04 00:00:00 GMT 2023
पोखरा । सिटी म्याराथनको अवधारणाबाट सुरु भएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को १७औँ संस्करण आगामी फागुन ६ गते हुने छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेका उक्त म्याराथनको तयारी शुरु भएको आयोजक संस्थाले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत आठ विधा एकै दिन हुनेछन् ।
मुख्य विधाअन्तर्गत खुला म्याराथन, हाफ म्याराथन (महिला, १० किलोमिटर दौड (महिला/पुरुष), विद्यालयस्तरिय पाँच किलोमिटर दौड (छात्र/छात्रा), महिला/पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौड समावेश गरिएको मञ्चका अध्यक्ष हरि पराजुलीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)