न्युरोडमा मृत फेला परेका पुरुषको निधारमा चोट, हत्याको आशंका
baahrakhari.com · Tue Nov 01 18:10:00 GMT 2022
काठमाडौं । काठमाडौंको न्युरोडस्थित जुद्धसालिक नजिकै आज बिहान मृत फेला परेका एक पुरुषको टाउकोमा चोट देखिएको छ । अन्दाजी ४४–४५ वर्षीय उनको मृत्यु शंकास्पद देखिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेश मैनालीले शव शंकास्पद देखिएको बताए । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । “निधारमा चोट देखिएको छ । अनुसन्धान भइरहेको छ,” एसपी मैनालीले बाह्रखरीसित भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)