मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्राजिलको टोली नेयमरको नाटकीय पुनरागमन

kendrabindu.com · Wed May 20 04:38:37 GMT 2026

काठमाडौं । ब्राजिली सुपर स्टार नेयमरले विश्वकपका लागि घोषित राष्ट्रिय टोलीमा नाटकीय पुनरागमन गरेका छन् । तीन वर्षको अनुपस्थितिपछि उनलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाइएको हो ।

प्रशिक्षक कार्लो एन्सेलोट्टीले अर्को महिना सुरु हुने विश्वकपका लागि घोषित टोलीमा समावेश गरेको हो । पछिल्लो समय लगातार चोटग्रस्त रहेका नेयमरसामु अब विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा खेल्ने अवसर जुरेको छ ।

एन्सेलोट्टीले घोषणा गरेको २६ सदस्यीय टिममा नेयमरको उपस्थिति सबैभन्दा आश्चर्यजनक बनेको छ । उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ब्राजिलका लागि १ सय २८ खेलमा ७९ गोल गरेका छन् । रियो दी जेनेरियोमा आयोजित विशेष कार्यक्रमबीच नेयमरको नाम सुनाइएको थियो । एन्सेलोट्टीको टोली घोषणासँगै त्यहाँ खुसीको माहोल बनेको थियो ।

बार्सिलाना र पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व खेलाडी ३४ वर्षीय नेयमर ब्राजिली टोलीमा पर्नेछन् वा छैनन् भनेर लाामो समयदेखि बहस छेडिएको थियो । नेयमरले सन् २०१४, २०१८ र २०२२ को विश्वकप खेलेका थिए । तर पछिल्लो विश्वकप छनोटमा चोटग्रस्त भएयता उनी ब्राजिली टोलीमा थिएनन् । सन् २०२३ मा उरुग्वेविरुद्धको छनोटमा उनी घाइते भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)