संसार छाडेका मान्छेले दिएको एक ‘बोनस जिन्दगी’
onlinekhabar.com · Wed May 20 04:36:56 GMT 2026

५१ वर्षीय शिव महर्जन २०८२ जेठ १ गते बिहानै ललितपुरको मेडिसिटी अस्पतालमा डायलासिस गराइरहेका थिए । उनको मिर्गौलाले पूरै काम गर्न छाडेको केही महिना भएको थियो । त्यसपछि डायलासिसको भरमा जीवन घिसारिरहेका थिए । मिर्गौला मात्रै होइन उनको कलेजो पनि खराब थियो ।झन् कलेजो बिग्रिएको त धेरै वर्ष भइसकेको थियो । जतिसक्यो छिटै दुवै अंग प्रत्यारोपण नगरे उनको जीवन के हुन्थ्यो टुंगो थिएन ।
त्यसदिन बिहान ७ बजेबाट उनको डायासिस सुरु भएको थियो । करिब ९ तिर त्यसै अस्पतालका एक डाक्टरको फोन आयो । फोनमा शिवले जे कुरा सुने त्यो उनलाई यसै धर्तीमा पुनर्जन्म दिने संयोग थियो । उनलाई बाँच्नका लागि जे कुरा चाहिएको थियो, त्यही प्राप्त हुँदै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)