मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन समिति गठन

gorkhapatraonline.com · Sat Jun 13 00:11:07 GMT 2026

शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

उक्त प्रकरणमा मन्त्रालयका कर्मचारीको सम्भावित संलग्नता रहेको वा नरहेको विषयमा समितिले अध्ययन गर्ने छ । मन्त्रीस्तरीय निर्णय अनुसार शुक्रबार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनुभएको छ । समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समितिले अध्ययन गर्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)